Comments Add Comment

राजावादी आन्दोलनको कारकतत्व भ्रष्ट गणतन्त्रवादी : रवीन्द्र मिश्र

२४ मंसिर, काठमाडौं । नवगठित साझा विवेकशील पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले हाल राजतन्त्रको पक्षमा भइरहेका आन्दोलनलाई ‘प्रतिगमन सल्बलाएको’ भनेर पन्छाउन नमिल्ने बताएका छन् । गणतन्त्रवादीहरुको भ्रष्ट चरित्र र नालायकीपनले गर्दा जनताको असन्तुष्टि सडकमा पोखिएको उनको भनाइ छ ।

साझा पार्टी र विवेकशील नेपाली दलबीच एकताको घोषणा कार्यक्रममा मिश्रले संवैधानिक अधिकारको प्रयोग गरेर भएका शान्तिपूर्ण आन्दोलनलाई सम्मान गर्नुपर्ने बताए ।

मिश्रले भने, ‘दृष्टिकोण मिले पनि नमिले पनि शान्तिपूर्ण रुपमा हुने आन्दोलनलाई सम्मान गर्नुपर्छ । दुई तिहाई मत ल्याएर सर्वशक्तिमान बनेको सरकारले राम्रोसँग काम गरिदिएको भए आज सडकमा कोही पनि निस्कनु पर्ने थिएन ।’

राजतन्त्र लगायतका कयौं विषयमा आफ्नो पार्टीभित्र फरक–फरक मत रहेको र त्यसलाई महाधिवेशनमार्फत टुंगो लगाउने उनले बताए ।

उनले थपे, ‘पक्ष र विपक्षमा साथीहरु हुनुहुन्छ । बहस र छलफल हुन्छन् । उदार लोकतन्त्रमा, बहुलवादी लोकतन्त्रमा विश्वास गर्ने हो भने सबै दृष्टिकोणलाई सम्मान गर्नुपर्छ ।’

साझा र विवेकशील पार्टीबीच आज एकता भएर विवेकशील साझा पार्टी निर्माण भएको छ । उक्त पार्टीमा मिश्र अध्यक्ष र मिलन पाण्डे संयोजक छन् । कोरोनाका कारण एकताको घोषणा भर्चुअल माध्यमबाट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment