Comments Add Comment

पोखरामा दुई जना कोरोना संक्रमितको मृत्यु

२८ मंसिर, काठमाडौं । कास्कीको पोखरामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा महानगरपालिका-१७ की ७४ वर्षीया महिला र तनहुँको म्याग्दे गाउँपालिका-२ का ६० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

पोखराकी ७४ वर्षीया महिलाको शनिबार राति ८:४० बजे मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको उनले बताए । उनीमा मंसिर २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

डा. शर्माका अनुसार तनहुँका ६० वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार बिहान ९:३० बजे मृत्यु भएको हो । उनीमा मंसिर २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । डा. शर्माका अनुसार उनी क्रोनिक लिभर डिजिजबाट पनि पीडित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment