+
+
Shares

ठगी आरोपमा ‘रेमण्ड सप’का सञ्चालकसहित ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २८ गते १४:३८

२८ मंसिर, काठमाडौं । प्रहरीले ठगी आरोपमा सर्टिङसुर्टिङका लागि चर्चित ‘रेमण्ड सप’का सञ्चालक सञ्जय अधिकारीसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अधिकारीका छोरा समिरसहित सुवर्ण केसी र कृष्ण भट्टराई छन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहका अनुसार अधिकारीसहितको समूहले नेपाली सेनाका लागि चाहिने ३५ हजार थान बुट खरिदको ठेक्का पाएको थियो, त्यसको कारोबारका लागि खोलिएको खाताबाट कीर्ते गरी रकम निकालिएको जाहेरी प्रहरीमा परेको छ ।

‘रकम भुक्तानीका लागि फुट केयर इन्डष्ट्रीका नाममा प्रभु बैंकमा खाता खोलिएको रहेछ’, सिंहले अनलाइनखबरसँग भने, ‘तर, भुक्तानी नगरी सञ्चालन समिति नै फेरबदल गरेर दर्खास्त कीर्ते र विश्वासघात गरेको भन्दै जाहेरी आएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।’

काठमाडौं प्रहरीका डीएसपी प्रमेश विष्टका अनुसार अधिकारीले ४ करोड ८७ लाख रुपैयाँ ठगी गरेको जाहेरीमा उल्लेख छ । थप अनुसन्धान भइरहेको विष्टको भनाइ छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?