Comments Add Comment

अशान्ति फैलाउन इरानी वैज्ञानिकको हत्या : रुस

२८ मंसिर, काठमाडौं । रुसले इरानका परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्या उक्त क्षेत्रमा अशान्ति फैलाउने उद्देश्यका साथ गरिएको बताएको छ ।

रुसका विदेशमन्त्री सर्गेइ लेभरोभले वैज्ञानिकको हत्याको मामिलामा रुस इरानको पक्षमा रहेको बताएका हुन् । इरानको सरकारी मिडियालाई दिएको अन्तर्वार्तामा लोभरोभले इरान र रुस विश्वको नयाँ शक्ति सन्तुलनमा महत्वपूर्ण भूमिका निभाउने मुलुक रहेको बताए ।

अन्तर्वार्ताको क्रममा उनले भने, ‘हामी वैज्ञानिक मोहसिन फखरीजादेहको हत्याको निन्दा गर्छौँ । हामीले यसलाई एक भड्काउने किसिमको आतंकवादी हर्कत र यो क्षेत्रमा अशान्ति फैलाउने प्रयासको रुपमा हेरेका छौँ । यो बाह्य हस्तक्षेत्रको पनि मुद्दा हो ।’

फखरीजादेहको गत नोभेम्बर २७ मा हत्या भएको थियो । उनको हत्यामा इजरायलको हात रहेको इरानले आरोप लगाएको छ । साथै उनको हत्याको बदला लिने चेतावनी पनि दिएको छ ।

लेभरोभले जनवरी ३ मा भएको लेफि्टनेन्ट जनरल कासिम सुलेमानीको हत्याको विषयमा बोल्दै भने, ‘यो कुनै पनि देशको लागि अस्वीकार्य छ ।’ सुलेमानीको हत्या इरानमा अमेरिकाको ड्रोन आक्रमणमा भएको थियो । अमेरिकाले उनलाई आतंकवादी घोषणा गरेको थियो ।

लेभरोभले इरान र रुसको द्विपक्षीय सम्बन्ध सुधारमा पनि जोड दिए । इरान र रुसको व्यापार २०१९ मा २० प्रतिशत र यस वर्ष महामारीमा पनि आठ प्रतिशतले बढेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment