Comments Add Comment

कांग्रेस नेता कनौडियाको चिनी मिल भन्छ- उखु किसानबाट चार करोड लिन छ 

४ पुस, बुटवल । कांग्रेस नेता विरेन्द्रकुमार कनौडियाको स्वामित्वको महालक्ष्मी सुगर्स प्रालिले उखु किसानलाई बक्यौता तिर्न बाँकी नरहेको जनाएको छ । बरु उल्टै किसानबाट चार करोड लिन बाँकी रहेको उसको दाबी छ ।

महालक्ष्मी सुगर्स प्रालिले प्रेस विज्ञप्ति जारी गर्दै उखु किसानलाई तिर्नुपर्ने बक्यौता रकम नरहेको जानकारी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दुई महिना अगाडि नै गराइसकेका उल्लेख गरेको छ ।

सरकारले प्रतिक्वीन्टल २५ रुपैयाँका दरले दिनुपर्ने अनुदान रकम प्रालिले नपाएको अवस्थामा काठमाडौंमा चलिरहेको उखु किसानको आन्दोलनलाई लिएर प्रालिले पनि किसानलाई रकम नतिरेको प्रचार सरासर गलत भएको दावी गरेको छ ।

प्रालिका सहायक प्रबन्धक दीपक न्यौपानेको हस्ताक्षरमा जारी विज्ञप्तिमा कपिलवस्तुमा किसानलाई बिउ, मल उपलब्ध गराएवापतको चार करोड रुपैयाँको तमसुक प्रालिसँग सुरक्षित रहेको उल्लेख छ । उक्त चार करोड रुपैयाँ असुल उपरका लागि पहल गरिदिन अपील गर्दै अन्यथा कानूनी उपचारमा जाने विज्ञप्तिमा उल्लेख छ ।

लुम्बिनी प्रदेश सभामा प्रमुख विपक्षी दलका नेता कनौडियाको चिनी मिल कपिलवस्तुबाट सर्लाही स्थानान्तरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment