
६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेपछिको राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ ।
दिउँसो चार बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको कांग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिए ।
बैठकमा ओलीको कदमलाई कसरी सामना गर्ने भन्ने विषयमा छलफल हुने छ ।
संसद भंग गर्ने र आगामी वैशाखमा मध्यावधि निर्वाचन गर्ने ओलीको कदमको अहिले सर्वत्र विरोध भइरहेको छ । कांग्रेसका नेताहरूले पनि ओलीको कदमको विरोध गर्दै अब सशक्त प्रतिरोध गर्नुपर्ने आवाज उठाउँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4