
१५ पुस, काठमाडौं । बुधबार नेप्से परिसूचक ४९.१७ अंकले बढेको छ । कुल २०८ कम्पनीका ९९ लाख १० हजार ३ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कारोबार रकम भने ४ अर्ब ४४ करोड २२ लाख २५ हजारमा सीमित भएको छ ।
कारोबार दिनमा साल्ट ट्रेडिङ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्यो भने नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य उच्च मात्रामा घट्दा उक्त कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो ।
बुधबार कारोबारमा आएकामध्ये नागरिक लगानी कोष, हिमालयन डिष्टीलरी, एभरेष्ट बैंकको पर्फमर्स सेयर तथा मल्टी प्रपोज फाइनान्सका लगानीकर्ताले बजारबाट उच्च नाफा आर्जन गरे ।
यस्तै नारायाणी विकास बैंक, श्री इन्भेष्टमेन्ट फाइन्नान्स, रिलायन्स फाइन्नान्स, खानी खोला हाइड्रोपावर तथा मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले बजारबाट धेरै गुमाउने पाँच मध्येमा परे ।
शिवम् सिमेन्टको ३४ करोड ४४ लाख ६९ हजार भन्दा धेरैको सेयर दोस्रो बजारमा कारोबार भएको थियो । बुधबार विकास बैंक र होटल समूहबाहेकका सबै उपसमूहमा हरियाली छायो ।
प्रतिक्रिया 4