Comments Add Comment

राष्ट्रपतिले राजाले जति मर्यादा पनि राख्नुभएन : अधिवक्ता भट्टराई

८ माघ, काठमाडौं । अधिवक्ता टीकाराम भट्टराईले संसद विघटनलाई स्वीकृत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले न्युनतम मर्यादा पनि नराखेको टिप्पणी गरेका छन् ।

संसद विघटनको रिटमाथि बिहीबार संवैधानिक इजलासमा बहस गर्दै उनले राष्ट्रपतिले विगतमा राजाले जति मर्यादा पनि नराखेको बताएका हुन् । ‘ सम्माननीय रास्ट्रपतिले संविधान उलंघन गर्नुभयो । हिजो राजाले  गरेको जति न्युनतम मर्यादा पनि कुल्चिनु भएको छ’ उनले भने ।

विगतमा संसद विटनलाई राजाले स्वीकृत गर्दा  महान्यायाधिवक्ता र अन्य सरोकारवालासँग छफल गरेको भन्दै गणतन्त्रमा राष्ट्रपतिले संविधानको त्यति मर्यादा पनि नराखेको भट्टराईको भनाइ छ ।

संविधानले रास्ट्रपतिलाई प्राप्त सिफारिसबारे परामर्श गर्ने, पुनर्विचार गर्ने, फर्काउने र सचेत गराउन सक्ने अधिकार दिए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले ‘निमेशभरमा सिफारिस प्रमाणीकरण गरेको उनले टिप्पणी गरे ।

गणतन्त्रमा राष्ट्रपतिले राजाको भन्दा बढ्ता अधिकार आफूमा रहेको जस्तो गरेको भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment