Comments Add Comment

कोरोना खोप उत्पादक सेरम इन्स्टिच्युटको भवनमा आगलागी

८ माघ, काठमाडौं । भारतको पुनेस्थित सेरम इन्स्टिच्युटको भवनमा बिहीबार आगलागी भएको छ । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको खोप उत्पादन गरिरहेको कम्पनीको निर्माणाधीन भवनमा बिहीबार आगलागी भएको हो । भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार कम्पनीको भवनभित्र कोही पनि थुनिएका भने छैनन् ।

अहिले घटनास्थलमा १० ओटा दमकल पुगेका छन् र आगो निभाउने प्रयास भइरहेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार आगलागीले कम्पनीको खोप उत्पादनमा भने कुनै असर पर्नेछैन । यो भवन निर्माणधीन रहेको र कम्पनीको खोप उत्पादन केन्द्र भने सुरक्षित रहेकाले कम्पनीको उत्पादनमा कुनै असर नपार्ने अधिकारीहरुले बताएका छन् । अहिलेसम्म आगलागीको कारण भने खुल्न सकेको छैन ।

पुनेमा सेरम इन्स्टिच्युट एक सय एकड जमिनमा फैलिएको छ । सेरम इन्स्टिच्युटले अहिलेसम्म पाँच करोड डोज कोरोना खोप उत्पादन गरिसकेको छ । कम्पनीले उत्पादन गरिरहेको कोभिसिल्ड खोपलाई नेपालमा पनि अनुमति दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment