Comments Add Comment

चीन जिम्मेवार देखिएन, व्यापार सम्बन्ध पुनर्विचार गर्नुपर्ने भयो : उद्योगमन्त्री भट्ट

६ माघ, काठमाडौं । विभिन्न बाहानामा एक वर्षदेखि नेपालसँगको व्यापार रोकेको भन्दै उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले असन्तुष्टि जनाएका छन् । उनले चीनको व्यवहारकै कारण चीनसँगकाे व्यापार सम्बन्ध पुनर्विचार गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

नेपाल इन्टर मोडल यातायात विकास समितिको २४औं वाषिर्कोत्सवलाई सम्बोधन गर्दै मंगलबार मन्त्री भट्टले छिमेकी भएर पनि चीनले नेपालसँगको व्यापारमा गैर जिम्मेवारपूर्ण व्यवहार देखाएको आरोप लगाए ।

पहिले कोभिड र अहिले विभिन्न बहानामा नेपालसँग चीनले एक वर्षदेखि व्यापार रोक्दा त्यसको असर चौतर्फी रुपमा परेको मन्त्री भट्टको भनाइ छ । ‘हाम्रो पडोसीको व्याहारले असहज र अप्ठ्यारो भएको छ,  अप्ठ्यारो अवस्थामा पनि जिम्मेवार देखिएनन्’ उनले भने, ‘यस्तै हो भने चीनसँग व्यापार गर्ने की नगर्ने ? यस बारेमा मैले प्रधानमन्त्री ज्यूसँग गम्भीर प्रश्न उठाएको छु, अब यो हो भने त यसरी कसरी चीनसँग कसरी व्यापार गर्ने ?’

१०/१० महिनादेखि सामान रोकिएकाे बेला कन्टेनरको मूल्य समेत बढाएकाे भन्दै याे गलत भएकाे मन्त्री भट्टले बताए । ‘ व्यापारीलाई असहज बनाउने भनेको त यो सबै नेपाली जनतामाथिको मार हो, एउटा व्यापारीले एउटा वस्तु बिक्री गर्ला अर्को किन्ने त उपभोक्ता हाे नि !’ उनले भने  । नाकामा चिनियाँ अर्घेलोबारे आफूले प्रधानमन्त्रीसँग गम्भीर ढंगले प्रश्न उठाएको पनि भट्टको भनाइ छ ।

उनले सारमा भनेका छन्, ‘हाम्रो पडोसीको व्यवहारले असहज र अप्ठ्यारो भएको छ । अप्ठ्यारो अवस्थामा पनि जिम्मेवार देखिएनन् । कोभिडको नाममा हाम्रो सामान रोकिएको रोकियै छ । यस्तै हो भने चीनसँग व्यापार गर्ने कि नगर्ने ? यस बारेमा मैले प्रधानमन्त्री ज्यूसँग गम्भीर प्रश्न उठाएको छु । अब यो हो भने त यसरी कसरी चीनसँग कसरी व्यापार गर्ने ? १०/१० महिनादेखि सामान रोकिएको छ । हाम्रा व्यापारीहरुले सामान ल्याउन नपाएको एक वर्ष भयो । उनीहरुले यही बेला कन्टेनरको मूल्य बढाए । व्यापारीलाई असहज बनाउने भनेको त यो सबै नेपाली जनतामाथिको मार हो नि ! एउटा व्यापारीले एउटा वस्तु बिक्री गर्ला अर्को किन्ने त उपभोक्ता हो नि ! ‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment