News Summary
Generated by OK AI. Editorially reviewed.- वैदेशिक रोजगार विभागले बिदामा आएका श्रमिकलाई विदेश फर्किनुअघि हवाई टिकट लिनुभन्दा पहिले श्रम स्वीकृति लिन आग्रह गरेको छ ।
- विभागले टिकट लिइसकेका श्रमिकलाई उडान हुनुभन्दा कम्तीमा तीन दिनअघि अनलाइनबाट पुनः श्रम स्वीकृतिका लागि आवेदन दिन भनेको छ ।
- समस्याका लागि विभागले शाखा अधिकृत सुरेश श्रेष्ठलाई सम्पर्क व्यक्ति तोकेर ९७६८९९८४७३ नम्बरमा ह्वाट्सएपबाट सम्पर्क गर्न आग्रह गरेको छ ।
१२ कात्तिक, काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीबाट छुट्टीमा आएकालाई फर्किने बेला हवाई टिकट लिनुभन्दा पहिला श्रम स्वीकृति लिन आग्रह गरेको छ ।
विभागले सूचना जारी गर्दै श्रम स्वीकृति नलिएका कारण हवाई उडान छुट्ने अवस्था आउन नदिन सम्बन्धित श्रमिकलाई समयमै श्रम स्वीकृति लिन अनुरोध गरेको हो ।
विभागका अनुसार बिदामा आएका श्रमिकले विदेश फर्किने क्रममा हवाई टिकट लिइसकेको भए पनि श्रम स्वीकृति नभएका कारण उडान छुट्ने अवस्था आउन सक्ने भएकाले समयमै प्रक्रिया पूरा गर्न अनुरोध गरेको हो ।
हवाई टिकट लिइसकेका श्रमिकलाई उडान हुनुभन्दा कम्तीमा तीन दिनअघि नै आवश्यक कागजात सहित अनलाइन माध्यमबाट पुन: श्रम स्वीकृतिका लागि आवेदन दिन विभागले आग्रह गरेको छ ।
पुन: श्रम स्वीकृतिका लागि आवेदन दिइसकेका श्रमिकको प्रक्रियामा कुनै समस्या आए तत्काल समाधान गर्नुपर्ने भए विभागले सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।
त्यसका लागि विभागले शाखा अधिकृत सुरेश श्रेष्ठलाई सम्पर्क व्यक्ति तोकेको छ । श्रमिकले ९७६८९९८४७३ नम्बरमा ह्वाट्सएप मार्फत सन्देश पठाएर सम्पर्क गर्न सक्नेछन् ।
प्रतिक्रिया 4