News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले १२ कात्तिक रातिदेखि १४ कात्तिकसम्म वर्षा, हावाहुरी र हिमपातको सम्भावना भन्दै सडक यात्रामा सतर्कता अपनाउन आह्वान गरेको छ।
- महासंघले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना रहेको र कर्णाली तथा सुदूरपश्चिममा हावाहुरीसहित मध्यम वर्षा हुने अनुमान गरिएको जनाएको छ।
- महासंघले पर्यटकलाई उच्च पहाडी र हिमाली क्षेत्रको यात्रा नगर्न, गइसकेकालाई सुरक्षित स्थानमा रहन र आवश्यक परे सवारी आवागमन बन्द गर्न आग्रह गरेको छ।
१२ कात्तिक, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सडक यात्राका बेला सतर्कता अपनाउन आह्वान गरेको छ ।
१२ कात्तिक रातिदेखि १३ र १४ कात्तिकसम्म कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावनाबारे सचेत गराउँदै महासंघले यस्तो आह्वान गरेको हो ।
कर्णाली र सुदूरपश्चिममा भने हावाहुरी, मध्यम वर्षाको अनुमान गरिएको छ । साथै, माथिल्लो भेगमा हिमपात प्रक्षेपण गरिएको छ ।
महासंघले आफ्ना सदस्य यातायात व्यवसायीलाई लामो तथा छोटो दुरीको यात्रामा सचेत हुन भनेको छ । पर्यटकलाई उच्च पहाडी र हिमाली क्षेत्रको यात्रामा नजान भनिएको छ । गइसकेका पर्यटकलाई सुरक्षित स्थानमा रहन आह्वान गरिएको छ ।
आवश्यक परे सवारी आवागमन बन्द गराउन र त्यस पूर्व सर्वसाधारणमा जानकारी गराउन समेत महासंघले आह्वान गरेको छ । संकट अवधिमा अत्यावश्यक नपरी यात्रा नगर्न र सरकारी निकायसँग समन्वय गर्न भनिएको छ ।
प्रतिक्रिया 4