+
+
Shares

एसिडपीडित २ जनालाई आयल निगममा जागिर

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ८ गते १६:३०

८ माघ, काठमाडौं । तेजाब आक्रमणमा परेका दुई जनालाई नेपाल आयल निगमले रोजगारी दिएको छ । ओखढुंगाकी पवित्रा कार्की र नवलपरासीकी बसन्ती परियारलाई आयल निगममले सहायक स्तरमा करारमा नियुक्त गरेको हो ।

निगम सञ्चालक समितिको बैठकले उनीहरुलाई निर्वाह खर्च पुग्ने गरी एक वर्षको करार गरेर निगमको काम काजमा खटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

दुवै जनालाई गत पुस १६ गतेदेखि निगमको कामकाजमा खटाउने गरी निर्णय भएको उनको भनाइ छ । एसिड आक्रमणमा परेका दुबै जनाले आर्थिक अवस्था कमजोर भएको भन्दै सहयोगका लागि निगममा निवेदन दिएका थिए ।

निगम सञ्चालक समिति बैठकले सामाजिक उत्तरदायित्व कोषबाट उनीहरुको तलब भत्ता ब्यहोर्ने गरी नियुक्ति दिएको प्रवक्ता उपाध्ययले बताए ।

निगम स्रोतकाअनुसार उनीहरुमध्ये एक जनाले निगमको केन्द्रीय कार्यालय र एक जना भैरहवा डिपो कार्यालयमा काम गर्नेछन् ।
बसन्तीमाथि ०७५ साल असोजमा र पवित्रामाथि गत साउनमा एसिड आक्रमण भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?