Comments Add Comment

अष्ट्रेलियाको सिमाना यो वर्ष पनि नखुल्ने

ताज्मानिया । कोरोना महामारीका कारण गत वर्षको मार्चबाट बन्द गरिएको अष्ट्रेलियाको सिमाना यो वर्ष पनि नखुल्ने भएको छ । अष्ट्रेलियाले आफ्ना सबै जनसंख्यालाई महामारीविरुद्धको खोप दिएर जुलाई महिना अगावै सिमाना खोल्ने संकेत गरेको थियो ।

तर, कोरोना भाइरसविरुद्धको खोप दिए पनि बाहिरबाट आउने यात्रुहरुका कारण आफ्ना नागरिकहरु अझै संक्रमणको जोखिममा रहन सक्ने भन्दै अष्ट्रेलियाले केही समय ‘पर्ख र हेर’ को नीति लिएको अधिकारीहरु बताउँछन् ।

स्वास्थ्य विभागका सचिव ब्रेन्डन मर्फीकाअनुसार आफ्ना सम्पूर्ण नागरिकहरुलाई कोरोना भाइरसविरुद्धको खोप दिए पनि भाइरसको संक्रमण पूर्णरुपमा रोकिनेमा आफूहरु विश्वस्त नभएको भन्दै सिमाना केही समय अझै बन्द राख्नुपर्ने बताए ।

‘हामीले हाम्रा सम्पूर्ण नागरिकहरुलाई खोप दिए पनि संक्रमण पूर्णरुपमा रोकिन्छ या रोकिदैन भन्नेमा हामी अझै अन्यौलमा छौं,’ उनले भने । मर्फीले कोरोना भाइरस नियन्त्रणका लागि गत वर्ष मार्चमा अन्तर्राष्टिय सिमाना बन्द गर्ने प्रारम्भिक कार्यको नेतृत्व गरेका थिए ।

यद्यपि, अष्ट्रेलियाका नागरिक, स्थायी बसोबासको अनुमति प्राप्त पाएकाहरु भने आफ्नै खर्चमा १४ दिने होटल क्वारेन्टिनमा बस्ने सर्तमा अष्ट्रेलिया प्रवेश गर्न पाउनेछन् ।

स्मरण रहोस, अष्ट्रेलियाले फाइजर-बायोएनटेकले बनाएको कोभिड-१९ विरुद्धको खोपलाई स्वीकृति दिइसकेको छैन । अधिकारीहरुका अनुसार यही जनवरी महिनाको अन्त्यतिर फाइजर खोपले अष्ट्रेलियामा स्वीकृति पाउने छ र खोप दिने काम सुरु हुने छ ।

अष्ट्रेलियाको थेराउपेटिक गुड्स एडमिनिस्ट्रेसनले फाइजर खोपको स्वीकृति दिनासाथ फेब्रुअरी बाट आफ्ना नागरिहरुलाई खोप दिने गरी काम सुरु गरेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले हप्तामा ८० हजार उच्च जोखिम भएका नागरिकहरुलाई खोप दिने गरी काम सुचारु भएको बताएका थिए ।

अष्ट्रेलियाको सिमाना यो वर्ष पनि नखुल्ने भएपछि भिसा पाएर पनि अष्ट्रेलिया प्रवेश गर्न नपाएका, छुट्टीमा आफ्नो घर गएर फर्कन नपाएका लाखौं अन्तर्राष्टिय विद्यार्थीहरुको भविष्य अन्यौल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment