Comments Add Comment

न्यायाधीशले भने : बाहिरको कुराले हामी प्रभावित हुन्नौं

७ माघ, काठमाडौं । संसद विघटनको मुद्दा सुनुवाइ गरिरहेको संवैधानिक इजलासका न्यायाधीश  अनिलकुमार सिन्हाले संसद विघटनका विषयमा दलहरुले गरिरहेका गतिविधिबाट अदालत प्रभावित नहुने बताएका छन् ।

संसद विघटनविरुद्धको मुद्दामा बुधबारको सुनुवाइमा रिट निवेदकले उठाएको प्रश्नमा उनले बाहिरको कुराले आफूहरु प्रभावित नहुने बताएका हुन् ।

रिट निवेदक कन्चन कृष्ण न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमा संसद पुनर्स्थापना हुँदैन भनिरहेको बताए ।

‘कार्यपालिका प्रमुखले शक्तीपृथकीकरणको सिद्धान्त विपरीत बोल्न हुदैन । उहाँले अदालतको कार्यक्षेत्रमा हस्तक्षेप गरिरहनुभएको छ’ न्यौपानेले भने ।

उनलाई रोक्दै न्यायाधीश सिन्हाले भने, ‘बाहिरको कुराले तपाइँ प्रभावित हुनुहुन्छ ? हुनुहुन्न भने हामी पनि हुन्नौं ।’

*यसअघि भूलवश प्रधानन्यायाधीश उल्लेख भएकाले सच्याइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment