Comments Add Comment

पीएम कप क्रिकेटमा पुलिसको लगातार दोस्रो जित

८ माघ, काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पीएम) कप पुरुष क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ ।

पहिलो खेलमै बागमतीसँग पराजित भएको साविक विजेता पुलिसले बिहीबार लुम्बिनी प्रदेशलाई ७४ रनले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो । लुम्बिनीको भने यो पहिलो हार हो । लुम्बिनीले पहिलो खेलमा प्रदेश २ लाई पराजित गरेको थियो ।

सुनिल धमलाको शतक अनी दीपेन्द्र सिंह ऐरी र पवन सर्राफको अर्धशतक मद्दतमा पुलिसले ५० ओभर खेल्दै ४ विकेट गुमाएर ३१० रन बनाएको थियो ।

३११ रनको विशाल लक्ष्य पछ्याएको लुम्बिनीले ५० ओभर खेल्दै ७ विकेट गुमाएर २३६ रन बनायो ।

लुम्बिनीका लागि सौरभ खनालले सर्वाधिक ७४ रन बनाए । सातौं नम्बरमा ब्याटिङ गरेका सौरभले ६० बल खेल्दै ६ चौका र ५ छक्का प्रहार गरे ।

यस्तै देव खनालले ४९, सन्दिप रजालीले ४० र राजवीर सिंहले २४ रन बनाए । कप्तान कृष्ण कार्की ४० रनमा अविजित रहे । उनले २४ बल खेल्दै ५ छक्का प्रहार गरे ।

बलिङमा पुलिसका रासिद खान र पवन सर्राफले २-२ विकेट लिए । यस्तै ललित राजवंशी, सागर ढकाल र दीपेन्द्र सिंह भरीले समान १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभर खेल्दै ४ विकेट गुमाएर ३१० रन बनाएको हो ।

पुलिसका लागि धमलाले १४५ बल खेल्दै ७ चौका र १ छक्का मद्दतमा १०४ रन बनाए । धमलाले राष्ट्रिय प्रतियोगितामा शतक प्रहार गरेको यो पहिलो पटक हो । ओपनिङ ब्याटिङ गरेका धमलाले शतक पूरा गर्न ४४ ओभरसम्म कुर्नुपरेको थियो । उनले १४२ बल खेल्दै शतक ७ चौका र १ छक्का मद्दतमा शतक पूरा गरेका थिए । ४३औं ओभरको चौथो बलमा लुम्बिनीका कप्तान कृष्ण कार्कीलाई १ रन प्रहार गर्दै उनले शतक पूरा गरेका थिए ।

त्यसपछि अर्को ओभरमा धमलाल आउट भए । उनले १०४ बल खेल्दै १०४ रन बनाए । लुम्बिनीका अनिल खरेलले विकेटकिपर शुसान्त थापाबाट धमलालाई स्टम्पिङ गराएका थिए । पहिलो सिजन देखि नै पुलिसबाट प्रधानमन्त्री कप खेल्दै आएका धमलाले चौथो संस्करणमा आएर शतक पूरा गरेका हुन् । धमलाले अघिल्लो खेलमा सुदूरपश्चिम विरुद्ध अर्धशतक प्रहार गरेका थिए ।

यस्तै दिपेन्द्र सिंह ऐरीले ६१ बल खेल्दै ६ चौका र १ छक्का मद्दतमा ८५ रन बनाए । अमित श्रेष्ठले २८ रन जोडे । कुशल भुर्तेल ६ रन बनाएर आउट भए ।

पवन ५० रनमा अविजित रहे । यस्तै आरिफ शेख २९ रनमा अविजित रहे । आरिफले १४ बल खेल्दै २ चौका र २ छक्का प्रहार गरे ।

नेपाल पुलिस क्लबका पवन सर्राफले १३ बलमै अर्धशतक प्रहार गरेका छन् । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार लुम्बिनी प्रदेश विरुद्धको खेलमा पवनले १३ बलै ५० रन बनाए । उनले १ चौका र ६ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् ।

पवनले खलेको अन्तिम ओभरमा ४ छक्कासहित २८ रन बनाएका थिए । प्रधानमन्त्री कप इतिहासमा पवनले सबैभन्दा छिटो अर्धशतक प्रहार गरेका हुन् ।

बलिङमा लुम्बिनीका कृष्ण कार्की, अनिल खरेल, दिपेन्द्र रावत र सौराभ खनाले समान १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment