+
+
Shares

ओलीलाई साधारण सदस्यबाट हटाउने माधव नेपालको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ८ गते २०:४९

८ माघ, सुर्खेत । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउने घोषणा गरेका छन् ।

बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित बृहत बिरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई साधारण सदस्य समेत नरहने गरी निकाल्ने घोषणा गरेका हुन् ।

‘केपी ओली २०७१ देखि पूर्वएमालेमा पनि घाँडै थिए, पार्टी एकिकरण पछि पनि घाँडै भए,’ नेपालले भने, ‘आजदेखि उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको घोषणा यहीँबाट गर्छौं ।’

उनले थपे, ‘तीनदिन अगाडी बालुवाटारमा चिटी पठाएर स्पष्टिकरण मागेका थियौं, ओलीले जवाफ दिने आँट गरेनन्, आजै चिठी लेखेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को साधारण सदस्य समेत नरहने गरी केपी ओलीलाई निस्कासन गर्दैछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?