News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पर्याप्त छलफल नगरी हतारमा वामपन्थी एकता गर्दा २०७५ सालको जस्तै स्थिति दोहोरिन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् ।
- उनले एकता केवल विचार मिलेर मात्र नहुने र यसमा व्यक्तिको इच्छा तथा चाहानाको भूमिका पनि महत्त्वपूर्ण हुने बताए ।
- कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सिद्धान्तनिष्ठ राजनीति र जनवादी केन्द्रीयताको पालना गर्नुपर्नेमा उनले जोड दिए।
१८ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले पार्टी एकता र वामपन्थी एकता गर्न हतार गर्न नहुने बताएका छन् ।
सोमबार २४औँ बोत्ले स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले पर्याप्त बहस र छलफल नगरी वामपन्थी एकता गर्न नहुने बताएका हुन् ।
उनले पर्याप्त छलफल नगरिकनै एकताको बाटोमा गए २०७५ सालको तत्कालीन नेकपा एकीकरणजस्तै अवस्थामा पुगिने कुरामा सचेत हुनुपर्नेमा जोड दिए ।
उनले पार्टीको सिद्धान्त र विचार मिलेकै आधारमा एकता दिगो नहुने भन्दै व्यक्तिका इच्छा र चाहानामा समेत भर पर्ने बताए ।
नेपालले व्यक्तिगत स्वार्थभन्दा सिद्धान्तनिष्ठ राजनीतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै कम्युनिस्ट आन्दोलन जनवादी केन्द्रीयताको सिद्धान्तअनुसार सञ्चालन गर्नुपर्ने बताए ।
उनले पार्टी कार्यकर्तालाई पनि जिम्मेवारीप्रति गम्भीर बन्न आग्रह गर्दै पदको आकांक्षाभन्दा संगठनप्रतिको दायित्वलाई प्राथमिकतामा राख्न आग्रह गरे ।
उनले कम्युनिस्ट दलहरूले चलाएका सरकारहरूको समेत समीक्षा गर्न आवश्यक रहेको बताए ।
उनले भने, ‘कार्यगत एकता र वाम एकताको प्रस्ताव र कुराहरू चलिरहेका छन् । त्यसमा छलफल गरौँला । तर २०७५ सालमा गरेको एकताको जस्तै हालत नहोस्, देखिहाल्नुभयो । एकता गर्यो, फेरि २०७७ मा गएर उही हो । त्यसैले भनिन्छ, सोच विचार धेरै गर्नु । छलफल बहस धेरै गर्नु । विचारमा मात्र मिलेर हुँदो रहेन छ । मान्छेको चाहना कस्तो भन्ने कुरामा पनि भर पर्ने रहेछ ।’
नेता नेपालले थपे, ‘स्वार्थमा चलेर होइन, सिद्धान्तनिष्ट राजनीतिमा अगाडि बढ्नुपर्दछ । कम्युनिस्ट पार्टी चल्ने सिद्धान्त के हो ? जनवादी केन्द्रीयताको सिद्धान्तले मात्र कम्युनिस्ट आन्दोलन चल्नसक्छ ।’
उgले पार्टी र मुलुक दुवै संकटको अवस्थामा रहेको भन्दै सबै एकताaद्ध भएर चुनौतीको सामना गर्नुपर्नेमा जोड दिP ।
प्रतिक्रिया 4