Comments Add Comment

पाकिस्तानद्वारा मध्यम क्षमताको मिसाइल परीक्षण

Photo Credit : AFP

८ माघ, काठमाडौं । पाकिस्तानले मन्ध्यम दुरी क्षमताको मिसाइलको सफल परीक्षण गरेको छ । पाकिस्तानी सेनाले दिएको जानकारी अनुसार दुई हजार ७५० किलोमिटर दुरी क्षमताको साहीन तेस्रो ब्यालेस्टिक मिसलाइल सफलतापूर्वक परीक्षण गरिएको हो । पाकिस्तानका अनुसार यो परीक्षणको अन्तिम बिन्दु अरेबियन सागर थियो । पाकिस्तानको उक्त मिसाइल परीक्षणको अवलोकन पाकिस्तानको ज्वइन्ट चिफ्स अफ कमिटिका अध्यक्षले गरेका थिए ।

पाकिस्तानले अहिले परीक्षण गरिएको मिसाइलले न्युक्लियर हतियार बोक्न सक्छ कि सक्दैन भन्ने उल्लेख भने गरेको छैन । पाकिस्तानले यसअघि नै आफूसँग न्युक्लियर हतियार बोक्नसक्ने क्षमता रहेको दाबी गरिसकेको छ । पाकिस्तान न्युक्लियर क्षमता भएका विश्वका आठ मुलुकमध्येको एक हो ।

साहीन तेस्रो पाकिस्तानको सबैभन्दा लामो दुरीमा मार हान्ने क्षमता भएको मिसाइल हो । पाकिस्तानले भारतलाई लक्षित गरी लामो दुरीको मिसाइल बनाएको हो । पाकिस्तानको सेनाले मुलुकको सार्वभौमिकतामा आँच आउने कुनै पनि आक्रमणकबाट बच्न यस किसिमको मिसाइल आवश्यक रहेको बताएको छ ।

पछिल्लो समय भारत र पाकिस्तान दुवैले निरन्तर मिसाइल परीक्षण गर्दै आएका छन् । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबारको मिसाइल परीक्षणका लागि यसमा संलग्न वैज्ञानिक र सैनिकहरुलाई बधाई दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment