Comments Add Comment

फिल्म क्षेत्रमा महत्वकांक्षा बढ्यो, अनुशासन घट्योः नवल नेपाल

चलचित्र ‘मारुनी’का निर्देशक नवल नेपालले चलचित्रकर्मीहरुमा महत्वकांक्षा बढ्दा अनुशासन घटेको बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भने–‘म चलचित्र क्षेत्रका जति पनि मानिसहरुसँग ठोक्किएँ, उनीहरुको कुरा सुन्दा र काम गराइ हेर्दा चलचित्र क्षेत्रमा अब अप्ठ्यारा दिन आउने देखेको छु । अहिले सबैमा सजिलो काम मात्र गरौं, गाह्रो काम गरेर समय मात्र बर्बाद हुन्छ भन्ने सोच पलाएको छ । यो गलत कुरा हो ।’

नवलले चलचित्रलाई सहज र सरल तरिकाले वुझ्दा चलचित्र बनाएर दर्शकलाई एकिकृत गर्न र दर्शकको मनमा बस्न गाह्रो हुने बताए । उनले भने–‘यस्ता खालका अनुभव निर्माता र निर्देशकले जस्तो अरु कसैले पनि भोगेको हुँदैन । प्राविधिकहरु हाजिरीमा आएर काम गर्छन् । कलाकारहरु सिमित समयका लागि मात्र आफ्नो भूमिकामा बाँच्छन् । यसले, निर्माता र निर्देशकलाई चलचित्र बनाउन फलामको चिउरा चपाए जस्तै हुन्छ भन्ने लागेको छ ।’

उनले, केही बर्ष अगाडिसम्म कलाकारमा देखिने चलचित्र प्रतिको मोह, अनुशासन अहिले ५० प्रतिशत घटेको सुनाए । उनले भने–‘अहिले कामलाई अर्थले जितेको छ । महत्वकांक्षा बढ्दा अनुशासन घटेको छ । अर्थले जितेका कारण काम गराईमा गिरावट आएको छ । जसलेगर्दा, चलचित्रको स्तरियता पनि घटेको छ ।’

नवलले चलचित्र बनाएर हलमा रिलिज गर्न गाह्रो नहुने भन्दै अबका दिनमा चलचित्रलाई दर्शकसँग जोड्न भने मुश्किल हुने बताए । उनले गुनासो व्यक्त गर्दै अनलाइनखबरसँग भने–‘हामीमा सहनशिलता, धैर्यता र मिहिनेत भन्ने नै हराउँदै गएको छ । एउटा काम सकेर अर्को गरिहालौ भन्ने हतारो देखिन थालेको छ । यसले, चलचित्र बनाउनेलाई त समस्या हुन्छ नै । चलचित्र पनि स्तरिय बनाउन गाह्रो पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment