Comments Add Comment
अवहेलना मुद्दा :

प्रधानमन्त्रीलाई लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश

१५ माघ, काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

प्रतिनिधिसभा विघटनको मुद्दामा ‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो ।

रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अवहेलनामा किन कारबाही हुनु नपर्ने हो ? भन्नेबारे लिखित जवाफसहित आफैं उपस्थित हुन आदेश दिएको छ ।

सर्वोच्च स्रोतले अनलाइनखबरसँग भन्यो, ‘प्रधानमन्त्रीले वारेस राखेर जवाफ दिन पाइँदैन, अदालतमा आफैं पेश गर्नुपर्छ।’

प्रधानमन्त्रीले संसद विघटनको मुद्दामा भइरहेको बहसकै विषयमा विवादास्पद अभिव्यक्ति दिएपछि वरिष्ठ अधिवक्‍ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले अदालतको अवहेलनाको मुद्दा दर्ता गरेका थिए ।

हेर्नुस् आदेश

यो पनि पढ्नुस् 

‘९४ वर्षको मान्छेलाई गरेको गाली ओलीले जिन्दगीभर सम्हालेर राखुन्’

अवहेलना मुद्दामा पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखसँग सर्वोच्चले माग्यो लिखित जवाफ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment