+
+
Shares

जोशी र घिमिरेलाई डा. को उपाधि : सम्मान कि अपमान ?

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १५ गते २०:३०

१५ माघ, काठमाडौं । सरकारले दुई जना राष्ट्रिय व्यक्तित्वको तस्वीर अंकित हुलाक टिकट प्रकाशित गर्ने निर्णयमा अनावश्यक उपाधि उल्लेख गरेको भन्दै आलोचना सुरु भएको छ ।

माघ ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरे र शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीर अंकित हुलाक टिकट जारी गर्ने निर्णयमा उनीहरुको नामको अघि ‘डा.’ उपाधि थपेर निर्णय सार्वजनिक गरेको थियो । सो निर्णयले उनीहरुको सम्मानभन्दा पनि अपमान धेरै भएको भन्दै आलोचना सुरु भएको हो ।

मानार्थ विद्यावारिधि कुनै पनि क्षेत्रमा विशेष योगदान दिएबापत दिइने उपाधि हो । यसमा उपाधि पाउने व्यक्तिको भन्दा पनि उपाधि दिने व्यक्तिको भूमिका धेरै हुन्छ । त्यसैले यस्तो उपाधिलाई आफ्नो नामको अघि जोडेर लेख्ने गरिँदैन । तर बुधबार सरकारका प्रवक्ता पार्वत गुरुङले उक्त निर्णय घोषणासँगै सामाजिक सञ्जालमा मानार्थ विद्यावारिधिलाई नै नामको अगाडि झुण्ड्याउनुले जोशी र घिमिरेको अपमान भएको भन्दै आलोचना सुरु भएको हो ।

सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता डिल्लीराम शर्मा मन्त्रिपरिषद्ले हुलाक टिकटमा नाम राख्ने निर्णय आफैँमा सम्मानको लागि भएको भन्दै यसमा अपमान हुने कुरै नभएको बताउँछन् । सञ्चार मन्त्रालयले प्रस्ताव गरेको नाम नभएकोले यसमा डा. उपाधि किन थपियो भन्ने बारेमा आफूलाई कुनै जानकारी नभएको शर्माले बताए । मन्त्रिपरिषद्को  कार्यालयको आफ्नै प्रस्तावमा उनीहरुको तस्वीर अंकित हुलाक टिकट प्रकाशित गर्ने निर्णय भएको थियो ।

घिमिरे र जोशी दुवै जना मानार्थ विद्यावारिधि प्राप्त व्यक्ति हुन् । घिमिरेले नेपाली साहित्य लगायत समग्र क्षेत्रमा दिएको योगदानको मूल्याङ्कन गर्दै २०७२ सालमा त्रिभुवन विश्वविद्यालयले महाविद्यावारिधि उपाधिबाट विभूषित गरेको थियो भने २०६८ सालमा काठमाडौं विश्वविद्यालयले संस्कृतविद् तथा लेखक सत्यमोहन जोशीलाई सम्मानार्थ महाविद्यावारिधि प्रदान गरेको थियो । सोही मानार्थ महाविद्यावारिधिबाहेक उनीहरुले अर्काे विद्यावारिधिको उपाधि लिएका छैनन् ।

उता घिमिरेको परिवारले पनि सरकारले थपेको उपाधि अनावश्यक रहेको टिप्पणी गरेको छ । घिमिरेकी छोरी डा. किरण रेग्मी नेपाली साहित्यमा त्यति ठूलो योगदान दिने व्यक्तिको लागि मानार्थ विद्यावारिधिको उपाधिलाई उल्लेख गरिरहनु आवश्यक नरहेको बताउँछिन् ।

‘बुबाले साहित्य एवं वाङ्मयमा दिनुभएको योगदान विद्यावारिधि उपाधि दिनुभन्दा पनि निकै माथि छ । उहाँलाई विद्यावारिधिको उपाधि नामको अघि झुण्ड्याएर सम्मान गरिरहनु आवश्यक छैन । बरु एउटै तुलोमा जोखेर राख्दा यो सम्मानभन्दा अपमान बढी होला ’ उनले भनिन् । उनले हुलाक टिकटमा चित्र अंकित गर्नु सरकारको प्रशंसनीय कार्य भन्दै सरकारलाई धन्यवाद समेत दिएकी छन् ।

घिमिरे नेपाली कवि लेखकहरूमध्ये सर्वाधिक सम्मान र पुरस्कार पाउने कविको रुपमा चिनिन्छन् । उनका कृतिमाथि विद्यावारिधिको नै झण्डै एक दर्जन शोध भइसकेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?