Comments Add Comment

मेरो बुबा नै भर्खर बुढोबुढो हुनुभएको छ : केपी ओली

फाइल तस्वीर

१५ माघ, काठमाडौं । काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसैले कमजोर सोचेमा त्यो भ्रम हुने बताएका छन् । आफ्नो समूहका ट्रेड युनियन महासंघले राष्ट्रियसभामा गरेको भेलालाई सम्बोधन गर्दै ओलीले एक दुई पटक किड्नी अपरेशन गरेपनि कमजोर नरहेको बताए ।

‘मेरो बुबा नै भर्खर बुढोबुढो हुनहुन्छ । एक दुई किलोमिटर खुइँखुइँती एक्लै हिड्नु हुन्छ,’ ओलीले भने, ‘एक दुई वटा किड्नी फेर्‍यो भनेर आजको जमानामा । नयाँ दुई वटासहित चार किड्नी बोकेर हिड्दैमा कसैले कमजोर ठान्यो भने भ्रम हुनेछ ।’ पार्टी एकता गर्दा नै केपी ओली मरिहाल्छ भनेर गरिएको उनले बताए ।

ओलीले सरकारलाई काम गर्नै नदिएकाले प्रतिनिधिसभा विघटन गरिदिएको बताए । ‘प्रतिनिधिसभा विघटन गरे । सरकारलाई कामै गर्न नदिने । अहिले स्थायीत्वको कुरा गरेर हुँदैन’, ओलीले भने । अघिल्लो पटक प्रधानमन्त्रीबाट हटाउनेहरुले नै यसपटक पनि सरकारलाई काम गर्न नदिएको उनको भनाइ थियो ।

‘आफ्नो दुई तिहाइको सरकार नढाली नहुने । अघिल्लो पटक मेरो सरकार ढाल्नेहरुबारे भनिरहनु परेन । प्रचण्ड त अर्कै पार्टीमा थिए । तर, उनकालाई उकास्नेहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम’, ओलीले भने । वैशाख १७ र २७ मा हुने चुनावमा जितेर सरकार चलाउने उनको दाबी थियो ।

पार्टी विभाजन पछि जनतामा सकेको ओलीले बताए । तर, विभाजन अगाडि भने जनतामा जानका लागि बोल्ने शब्द नरहने, पार्टी गतिशील नहुने अवस्था रहेको पनि उनले सम्झे । तर अब चुनावमै जाँदा पनि प्रचण्डले लड्ने ठाउँ नै नरहेको ओलीले बताए ।

‘चितवन, रोल्पा, सिराहा, कीर्तिपुर जानुभयो । अब जाने ठाउँ कतै पनि छैन’, ओलीले भने । २०७४ को चुनाव ठूलठूला सभा र भाषण गरे जिताइदिएको, २०७० मा बत्ती निभाएर बाकस साटेर जिताएको पनि ओलीले बताए । प्रचण्ड अब जंगल पनि जान नसक्ने उनको भनाइ थियो ।

‘जंगलमा त न हिजो बस्नुभएको थियो । न अब बस्नु हुन्छ’, ओलीले भने ।
कार्यकर्ता र लडाकूहरु जंगल पठाएर दिल्ली र लखनउमा प्रचण्ड बसेको ओलीको भनाइ थियो । ‘कार्यकर्ता लडाकू जंगल पठाएर उहाँ जेलवाला तेल लगाएर जुल्पि कोरेर दिल्लीमा बस्नु हुन्थ्यो’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment