Comments Add Comment

‘सर्कस’मा रणवीरको पारिश्रमिक ५० करोड

बलिउड नायक रणवीर सिंहको क्रेज गज्जबको छ । चलचित्रमा उनले गरेको अभिनयको पनि खुलेरै प्रशंसा हुने गरेको छ । रणवीर हरेक भूमिकामा फिट हुनसक्ने नायक हुन् । यसैले पनि रणवीर सिंहलाई लिएर चलचित्र बनाउन बलिउडका ठूला ब्यानर लालयित छन् ।

उनै, रणवीर चलचित्र ‘सर्कस’को छायांकनमा व्यस्त छन् । यो चलचित्रलाई रोहित सेट्टीले निर्देशन गरिरहेका छन् ।

चलचित्र ‘सिम्बा’पछि रोहित र रणवीरको यो दोश्रो सहकार्य हो । नायक सिंहले यो चलचित्रका लागि आफ्नो पारिश्रमिक बढाएको भारतीय मिडियाले उल्लेख गरेका छन् । रणवीरले यो चलचित्रका लागि ५० करोड पारिश्रमिक लिएका छन् ।

आफ्ना अघिल्ला चलचित्रहरु बक्स अफिसमा सफल भएपछि रणवीरले पारिश्रमिक बढाएका हुन् । यो चलचित्रका लागि रणवीरले ७५ दिनको समय दिनेछन् । यसरीहेर्दा, उनले दैनिक ६६ लाख रुपैयाँ यो चलचित्रबाट वुझेका छन् ।

६० को दशकको सेट लगाएर यो चलचित्रको छायांकन भैरहेको छ । चलचित्रको अधिकांश दृश्यको छायांकन सेटमै हुने बताइएको छ । यो चलचित्रमा रणवीरलाई दोहोरो भूमिकामा हेर्न पाइनेछ । चलचित्रमा उनलाई नायिकाद्धय ज्याकलिन फर्नान्डेज र पूजा हेग्डेले साथ दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment