+
+
Shares

प्रधानमन्त्री ओली रोएकै हुन् कि चिसो लाग्यो ?

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २३ गते २०:५९

२३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कठोर एवं दह्रो मुटु भएका राजनीतिज्ञ मानिन्छन् । तर, शुक्रबार नारायणहिटी अगाडि आयोजना गरिएको आमसभामा बोल्दै गर्दा ओलीले मञ्चबाटै आँशु पुछे ।

प्रधानमन्त्रीका प्रेस सल्लाकार सूर्य थापाका अनुसार जनसागर देखेर भावुक बनेपछि प्रधानमन्त्रीले आँशु खसालेका हुन् । तर, स्वयं ओलीले चाहिँ ‘चिसोले गर्दा आँशु आएको’ बताएका छन् ।

प्रधानमन्त्रीले भाषण गर्दैगर्दा उनको समर्थनमा सहभागीहरुले केहीबेर हुटिङ गरेका थिए । हुटिङलाई हात हल्लाएर समर्थन जनाएका प्रधानमन्त्रीले पानी पिए । त्यसपछि कालो चश्मा खोलेर आँशु पुछे ।

प्रधानमन्त्री ओलीले चिसोका कारण आँशु आएको बताएका छन् । आँशु पुछ्नुअघि उनले माइकबाट सुनिने गरी भनेका थिए, ‘चिसोले आँखामा नि आँशु आयो ।’

तर प्रधानमन्त्रीकै प्रेस सल्लाहकार थापाले टि्वटरमा लेखेका छन्, ‘नारायणहिटी संग्रहालय गेट अगाडिको जनसागर । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको साथमा भावुक बन्दै आँसु नै खसाल्नुभयो । जनता साथमा भएपछि कोही दुष्टहरूको पनि केही चल्दैन । चेतना भया !’

हेर्नुहोस् भिडियो

नेकपा ओली पक्षको शक्ति प्रदर्शन LIVE onlinekhabar.com

नेकपा ओली पक्षको शक्ति प्रदर्शन LIVE onlinekhabar.com

Posted by OnlineKhabar on Thursday, February 4, 2021

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?