Comments Add Comment

‘दराज हाट बजार’सुरु गर्ने घोषणा दराजको घोषणा

नेपालको अनलाइन बजार दराजले ‘दराज हाट बजार’सुरु गर्ने घोषणा गरेको छ। कम्पनीले आइतबार विज्ञप्ती जारी गर्दै यहि फागुन ११ गतेदेखि सुरु हुने जानकारी दिएको हो।

कम्पनीले ग्राहकहरुको लागि महा डील, शून्य व्याजमा सजिलो मासिक किस्त (ईएमआई), खेल १ रूपैयाँको, निः शुल्क वितरण, निः शुल्क भाउचरहरु जस्ता आकर्षक प्रस्तावहरु लिएर आएको छ । यसका साथै ग्राहकहरुले दराज हाट बजारमा ५ लाख भन्दा बढी उत्पादनहरू उत्तम मूल्यमा पाउनेछन्, जसमा हरेक प्रकारका लुगा कपडा, नयाँ ग्याजेट, किराना, इत्यादी सामानहरू पर्दछन् ।

दराज हाट बजारमा प्रदर्शित ‘खेल १ रुपैयाँको’ गेममा भाग लिने ग्राहकहरुले १९ हजार नौ सय ९९ मूल्यको नयाँ ‘मोटोरोला जी प्ले’ जस्ता पुरस्कार केवल १ रुपैयाँ मा जित्न सक्ने कम्पनीले जनाएको छ। यस बाहेक ग्राहकहरुले १५ हजार नौ सय ९० रुपैयाँ मूल्यको ‘अनर वाच म्यगिक’ घडी, साथै २१ हजार सात सय २५ रुपैयाँ पर्ने आकर्षक ‘तिन सेटको कामिलिंत जक सफ्ट साइड स्पिनर सुटकेस’ पनि जित्न सक्ने कम्पनीले जनाएको छ।

यस्तै ७८४५ पर्ने ‘छ महिनाको डिश होम इन्टर्नेट प्याकेज’ पनि जित्न सकिन्छ साथै अन्य उत्पादनहरु पनि रहेका छन् । खेलमा भाग लिन ग्राहकहरूले बैंक कार्ड मार्फत माथि तोकिएको समानहरुलाई दराज एपमा दिइएको भाउचर कोड प्रयोग गरि १ रुपैयाँमा भुक्तानी गर्न सक्दछन्। यदि जितेनन् भने रकम फिर्ता हुनेछ।

किनमेललाई सुविधाजनक बनाउन दाराजले नेपालका एनआईसी एशिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, र माछापुच्छ्रे बैंक सँग साझेदारी गरि सजिलो मासिक किस्त सेवा (ईएमआई) शुरू पनि गरेको छ। माथि उल्लेखित बैंकका ग्राहकहरूले उनीहरूको क्रेडिट कार्डको साथ आफुलाई मनपरेको उत्पादनहरू शून्य ब्याज र शून्य डाउनपेमेन्टमा खरिद गर्न सक्दछन् ।

यसबाहेक, ग्राहकहरूले दराज बैंक डेज छूट मार्फत डेबिट र क्रेडिट कार्ड बाट प्रीपेमेन्ट गर्दा थप १५ प्रतिशत (५०० सम्म) छुट् पाउन सक्छन ्। यो अफर प्रत्येक दिन एकल बैंकमा सीमित छ।

आइतवार सिद्धार्थ बैंकबाट १५ प्रतिशत सम्म छूट (अधिकतम ५००), सोमबार सानिमा बैंकबाट १० प्रतिशत सम्म छुट (अधिकतम ५००), बुधवार एनआईसी एशिया बैंकबाट १० प्रतिशतसम्म छुट(अधिकतम ५००), शुक्रवारः नाबिल बैंकबाट १० प्रतिशत सम्म ुूट (अधिकतम ५००) र शनिवार स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट १० प्रतिशतसम्म छुट (अधिकतम ५००) बैंक डेज अफर लिन सकिने कम्पनीले जनाएको छ।

यस्तै दराजले आफ्नो वितरण सेवा उपत्यका बाहिर भीमदत्त, महेन्द्रनगर, छिरेश्वरनाथ, दमौली, देवदाहा, गैँडाकोट, कलैया, कपिलवस्तु, कावासोती, खैरहानी, लाहान, लेखनाथ, लुम्बिनी सांस्कृतिक, रामग्राम, राप्ती, रत्ननगर, साइनामाइना, सुनवाल, तिलोत्तमा, जलेश्वर र बर्दिबासमा विस्तार गरेको जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment