+
+
Shares

नेपाल स्टारका उत्कृष्ट ६ का सिद्धान्त खड्कालाई आवास निर्माणको लागि ब्रिज सिमेन्ट हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ९ गते १८:५२

९ फागुन, काठमाडौं ।नेपाल टेलिभिजनबाट प्रशारित वाइवाइ नेपाल स्टारको उत्कृष्ट ६ मा पर्न सफल सिद्धान्त खड्कालाई वृज सिमेन्टले आवास निर्माणको लागि सहयोग स्वरूप सिमेन्ट हस्तान्तण गरेको गरेको छ ।

नेपाल स्टारको सुटिङ्ग स्थलमा नै उपस्थित भएर वृज सिमेन्ट इण्डष्ट्रीज प्रालिका कार्यकारी निर्देशक मोहित केडियाले उक्त्त सहयोग घोषणा गरेका थिए ।

सिद्धान्त खड्का नेपाल स्टारमा इटहरी अडिसन राउण्डबाट प्रवेश गरेका थिए । उनको आफनो गायनको श्रृङ्खलाको निरन्तरता नेपाल स्टारको उत्कृष्ट ६ मा आइपुगेपछि भोटको आधारमा बाहिरिएका थिए । आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पुष्पतारा केडिया सेवा फाउण्डेशनको सहकार्यमा वृज सिमेन्टले उक्त्त सहयोग गरेको हो।

खड्काले अडिसन राउण्डदेखि मेहनत र परिश्रमले उत्कृष्ट ६ सम्मको यात्रा तय गरेका थिए । उनको प्रतिभाको मुल्यांकन गर्दै वृज सिमेन्टले उनको आवास निर्माणको लागि सहयोगको हात अगाडि बढाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?