+
+
Shares

‘देउवा र पौडेल मिले संसद पुनर्स्थापना गरेर ६ महिनामै चुनाव’

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १० गते १९:०९

१० फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल एक ठाउँमा उभिए संसद पुनर्स्थापना भएर संविधान पनि जोगिने र ६ महिनाभित्र चुनाव पनि हुनसक्ने बताएका छन् ।

५ पुसमा भएको प्रतिनिधिसभा विघटनलाई कांग्रेसले असंवैधनिक र अलोकतान्त्रिक कदम भनेको छ । तर सभापति देउवा चुनावको पक्षमा देखिएका छन् भने वरिष्ठ नेता पौडेलले संसद पुनर्स्थापना हुनुपर्ने मत राख्दै आएका छन् ।

सोमबार पार्टीका युवा नेताहरुसँग भएको छलफलमा नेता रिजालले देश चुनावमा गइसकेको बताए । ‘संसद पुनर्स्थापना गरेर दुई वर्ष थाम्छु भन्ने मुर्खता हुन्छ’ उनले भनेका छन्, ‘चुनावका लागि जुनसुकै बाटोबाट गएपनि हुन्छ भन्नु मुर्खता हो ।’

पहिलो संविधानसभा भंग भएपछि बाधा अड्काउ फुकाउमार्फत प्रधानन्यायाधीश खिलराज रेग्मीलाई मन्त्रिपरिषद् अध्यक्ष बनाउनु परेको चर्चा गर्दै कांग्रेस नेता रिजालले अहिले कतिपयमा त्यस्ता लोभ पनि देखिन थालेको बताए ।

‘वरिष्ठ नेताले भनेको ठाउँ (संसद पुनर्स्थापना) बाट सुरु गरेर सभापतिले भनेको ठाउँ (चुनाव)मा पनि पुग्न सकिन्छ’ उनले अघि भने, ‘सभापति र वरिष्ठ नेता एक ठाउँमा उभिने हो भने संसद पुनर्स्थापना गर्ने, संविधान जोगाउने, तर ६ महिनापछि चुनाव गरौं भन्यो भने कसले रोक्न सक्छ ?’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?