Comments Add Comment

आईएमई र अल अहलिया एक्सचेञ्ज बीच रेमिट्यान्स सेवा विस्तार गर्ने सम्झौता

रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको संयुक्त अरव एमिरेट्स (यूएई) स्थित कम्पनी अल अहलिया एक्सचेञ्ज, आईएमई लिमिटेड र आईएमईको डिजिटल भुक्तानी सेवा प्रदायक आईएमई पेबीच पीटुपी मनी ट्रान्सफरको लागि समझदारी भएको छ ।

समझदारीपछि आईएमईमार्फत रेमिट्यान्स गर्ने नेपाली नागरिकले सिधै प्रापकको आईएमई पे वालेटमा रकम प्राप्त गर्न सक्नेछन् । यो सम्झौतापछि अल अहलिया एक्सचेञ्ज यूएईबाट नेपालको आईएमई पेमा सिधैं पैसा पठाउने पहिलो एक्सचेञ्ज हुनेछ ।

यो समझदारी डिजिटल ट्रान्सफरमेसनमा दुवै कम्पनीका लागि अर्को महत्वपूर्ण फड्को हो । यसबाट यूएईमा रहेका आफ्ना सेवाग्राहीहरूलाई डिजिटल प्लेटफर्ममा जोडिने अवसर प्रदान गरेको छ । यस अवसरले सेवाग्राहीहरूलाई अल अहलिया एक्सचेञ्ज यूएईबाट पठाएको रेमिट्यान्स नेपालस्थित आईएमई पेमा सोझै प्राप्त गर्न सकिने नयाँ सुविधा प्रदान गरेको छ ।

रोजगारीका वा व्यापार व्यवसायका लागि यूएई भरी छरिएर रहेका लाखौं नेपाली नागरिकहरूले अल अहलिया एक्सचेञ्जबाट पठाएको पैसा आईएमई पे वालेटमा प्राप्त गर्नेगरी आईएमई डिजिटल र आईएमई लिमिटेडसँग सम्झौता गर्न पाउँदा आफुलाई निक्कै खुशी लागेको अल अहलिया एक्सचेञ्जका निमित्त महाप्रबन्धक कमल सुब्बाले बताए । आईएमई पेमा दर्ता भएको मोबाइल नम्बर र प्राप्तकर्ताको नामका आधारमा रेमिट्यान्स नेपाल पठाउन सकिने निमित्त महाप्रबन्धक सुब्बाले बताए ।

आईएमई पे ब्रान्डको प्रवर्धित संस्था आईएमई डिजिटल सोलुसनका अध्यक्ष हेमराज ढकालले कोरोना भाइरस (कोभिड–१९) महामारीको समयमा सेवाग्राहीहरूले सुरक्षित तवरले आफ्नो वालेटमा नै रकम प्राप्त गर्न सक्नु धेरै महत्वपूर्ण रहेको बताए । यूएई नेपाल भित्रिने रेमिट्यान्सको मुख्य स्रोत भएको उल्लेख गर्दै अध्यक्ष ढकालले यो सेवाको विस्तारसँगै नेपाल भित्रिने रेमिट्यान्समा यूएईको योगदान बढ्दै जाने विश्वास व्यक्त गरे ।

वार्षिक आठ खर्वभन्दा बढी विप्रेषण भित्र्याउँदै आएको नेपाल रेमिट्यन्समा दक्षिण एशियाकै ठूलो बजार मानिन्छ । अल अहलिया एक्सचेञ्जका लागि नेपालको रेमिट्यान्स बजार मुख्य प्राथमिकतामा पर्दै आएको सन्दर्भमा यो सम्झौताले सेवाग्राहीलाई थप सहजता थप्ने विश्वास गरिएको छ । सेवा शुभारम्भका अवसरमा आईएमई डिजिटलले अल अहलिया एक्सचेञ्ज यूएईमार्फत पठाएको रकम प्रापकले सिधै आईएमई पे वालेटमा प्राप्त गर्दा प्रतिकारोबार रू. ६० सम्म बोनस पाउन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment