+
+

महोत्तरीमा वृद्ध दम्पती घरबाटै बेपत्ता, स्थानीयबासी आन्दोलनमा

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ११ गते १४:००

११ फागुन, जनकपुरधाम । महोतरीमा एक वृद्ध दम्पती बेपत्ता भएका छन् । पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवास्थित आफ्नै घरमा सोमबार राति सुतेका ६६ वर्षीय मुसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी बेपत्ता भएका हुन् ।

प्रहरीका अनुसार दुवै जना छुट्टाछुट्टै कोठामा सुतेका थिए । तर मंगलबार बिहान दुवै जना घरमा थिएनन् । यी वृद्ध दम्पतीसँगै घरमा उनीहरुको कान्छी बुहारी पनि रहेको प्रहरीले जनाएको छ । वृद्ध दम्पतीको घरमा रगतको छिटा पनि देखापरेको प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।

झा दम्पती बेपत्ताबारे अहिलेसम्म केही खुल्न नसकेको प्रहरीले जनाएको छ । ‘घरबाटै बेपत्ता भएका दम्पतीको खोजी तीब्र रुपमा भइरहेको प्रदेश प्रहरी प्रमुख डीआईजी सिंहले भने, “घरमा रहेकी उनको बुहारी र स्थानीयसँग यस विषयमा सोधपुछ भइरहेको छ ।”

स्थानीयका अनुसार झा मालपोत कार्यालयका अवकाश प्राप्त कर्मचारी हुन् ।

झा दम्पती बेपत्ता भएपछि उनको खोजी अबिलम्ब गर्नुपर्ने मागसहित स्थानीयले सडक अवरुद्ध गरेका छन् । स्थानीयले पिपरा गाउँपालिकास्थित जनकपुर–जलेश्वर सडक खण्डमा टायर बालेर अवरुद्ध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?