Comments Add Comment

प्रिज्मासँगको प्रेम स्विकार्न सागरलाई सकस

हाँस्य कलाकार सागर लम्साल ‘बले’ म्यूजिक भिडियोमा पनि चलेका मोडल हुन् । लकडाउनपछि म्यूजिक भिडियोमा उनको व्यस्तता बढेको छ । म्यूजिक भिडियोका महंगा मोडल समेत रहेका सागर पछिल्लो केही महिनादेखि मोडल प्रिज्मा खतिवडाको प्रेममा छन् ।

म्यूजिक भिडियो छायांकनका क्रममा नै सागर र प्रिज्माको भेट भएको थियो । यसपछि नजिक भएका उनीहरु प्रेम यात्रामा रमाइरहेका छन् । तर, सागरलाई भने सार्वजनिक रुपमा प्रिज्मासँगको प्रेम स्विकार गर्न अझै सकस परिरहेको छ ।

केही दिन अगाडि आफ्नो जन्मदिन मनाउने क्रममा उनी प्रिज्मासँगको प्रेम सम्बन्धकै प्रश्नले घेरिए । सागरले भने–‘अब घरमा पनि बिहेको कुरा चलिरहेको छ । यसैले बिहेको लागि ढिला हुँदैन होला ।’

तर, उनले सोझो भाषामा प्रिज्मासँग प्रेम छ भन्न सकेनन् । बरु, उनले जुम्ल्याहा दिदीबहिनी प्रिज्मा र प्रिन्सीलाई एकसाथ जोड्न खोजे । उनले भने–‘अरुका लागि प्रिज्मा र प्रिन्सी फरक होलान् । तर, मेरा लागि एकै हुन् । म उनीहरुलाई अलग राखेर हेर्दिनँ ।’

सागरले युटुबमा ‘बले इन्टरटेन्मेन्ट’ पनि संचालन गरेका छन् । उनले केही समय आफ्नो युटुब च्यानलमा म्यूजिक भिडियो नै अपलोड गर्ने बताए ।

बजारमा चलेको चर्चा अनुसार, प्रिन्सी पनि एक मोडलको प्रेममा छिन् । अब, सागर र प्रिज्माले सार्वजनिक रुपमै प्रेमलाई कहिले स्विकार गर्ने हुन् यो भने प्रतिक्षाको बिषय बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment