+
+
Shares

प्रधानमन्त्रीले किन बोलाए सुरक्षा परिषद बैठक ?

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ११ गते ८:१४

११ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुरक्षा परिषदको बैठक बोलाएका छन् । बैठक आज बिहान ९ बजे सिंहदरबारस्थित परिषदको कार्यालयमा बस्ने छ ।

परिषदका सदस्य सचिव एवम् रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले यो बैठकलाई नियमित भनेका छन् । उनले आजको बैठकबाट निर्णय गर्नुपर्ने खास एजेण्डा नभएको बताएका छन् ।

यद्यपि कतिपयले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै बैठक बोलाइएको अनुमान गरेका छन् । खासगरी राष्ट्रिय विपद र सुरक्षामा खतरा पैदा भए सेना परिचालन गर्ने निर्णय गर्न सुरक्षा परिषदको बैठक बस्ने गर्दछ । देशको सुरक्षा अवस्थाबारे छलफल गर्न पनि आवश्यकताअनुसार बैठक बस्ने गर्दछ । आज बैठक बोलाउनुको उद्देश्य भने खुलेको छैन । यसअघि गत कात्तिकमा सुरक्षा परिषदको बैठक बसेको थियो ।

प्रधानमन्त्री अध्यक्ष रहने सुरक्षा परिषदमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र प्रधानसेनापति सदस्य रहन्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?