+

उपुल थरंगाले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

२०७७ फागुन  ११ गते १६:०१ २०७७ फागुन ११ गते १६:०१
उपुल थरंगाले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

११ फागुन, काठमाडौं । श्रीलंकाली क्रिकेटर उपुल थरंगाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । ३६ वर्षीय ब्याट्सम्यान थरंगाले मंगलबार सन्यासको घोषणा गरेका हुन् ।

थरंगाले १५ वर्षे अन्तर्राष्ट्रिय क्रिकेट करियरलाई बिदा गर्ने बेला भएको भनी सामाजिक सञ्जालमा लेखेका छन् । उनले आफूमा विश्वास देखाएकोमा श्रीलंका क्रिकेटलाई धन्यवाद समेत दिएका छन् ।

विकेटकिपरको भूमिका समेत निर्वाह गर्न सक्ने थरंगाले श्रीलंकाको लागि ३१ टेष्ट, २३५ एक दिवसीय अन्तर्राष्ट्रिय र २६ ट्वान्ट्वी ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले टेष्टमा ३ र ओडीआईमा १५ शतक प्रहार गरेका छन् ।

२०१९ मार्चयता थरंगा श्रीलंकाको राष्ट्रिय टिममा परेका छैनन् ।

सन् २००५ मा भारतविरुद्ध टेष्टमा डेब्यु गरेका उनले पछिल्लो पटक भारतविरुद्ध नै २०१७ मा टेष्ट खेलेका थिए । यस्तै २००५ मा वेष्ट इन्डिजविरुद्ध ओडीआईमा डेब्यु गरेका उनले २०१९ मा साउथ अफ्रिका विरुद्ध पछिल्लो पटक ओडीआई खेलेका थिए ।

यस्तै सन् २००६ मा इंग्ल्याण्ड विरुद्ध टी-२० मा डेब्यु गरेका थरंगाले पछिल्लो पटक २०१८ मा बंगलादेश विरुद्ध टी-२० खेलेका थिए ।

क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय