News Summary
Generated by OK AI. Editorially reviewed.- टी-२०आई शृंखलाको पहिलो खेलमा नेदरल्याण्ड्सले नेपाललाई १५३ रनको लक्ष्य दिएको छ।
- नेदरल्याण्ड्सका तेजा निदामानुरुले सर्वाधिक ३५ रन बनाए ।
- नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए ।
२ असार, काठमाडौं । स्कटल्याण्डमा भइरहेको त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत नेदरल्याण्ड्ससँगको खेल जित्न नेपालले मध्यम लक्ष्य पाएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनाउँदै नेपाललाई १५३ रनको लक्ष्य दिएको हो ।
नेदरल्याण्ड्सका लागि तेजा निदामानुरुले सर्वाधिक ३५ रन बनाए भने विक्रमजित सिंहले ३० तथा साकिब जुलफिकरले अविजित २४ रन बनाए ।
ओपनर माइकल लेभिटले २० तथा म्याक्स ओ डाउडले १९ रन बनाए । जाच लायन काचेटले ११ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिए । नन्दन यादवले २.५ ओभरमा १८ रन दिएर २ विकेट लिए । ललित राजवंशी र कुशल भुर्तेलले १-१ विकेट लिए ।
यस खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट टी-२०आईमा ब्याटर किरण ठगुन्ना र बलर रुपेश सिंहले डेब्यू गरेका छन् ।
यो नेपालको १००औं टी-२०आई खेल पनि हो ।
प्रतिक्रिया 4