Comments Add Comment

प्रचण्ड-माधव समूहको स्थायी कमिटी मंगलबार, केन्द्रीय कमिटी बैठक बुधबार बस्ने

१७ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान बसेको सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएको हो ।

भोलि मंगलबार स्थायी कमिटी र पर्सि बुधबार दिउँसो एक बजे केन्द्रीय कमिटी बैठक बोलाइएको हो । यसअघि ७ फागुनमा पनि स्थायी कमिटी र केन्द्रीय कमिटीको अनौपचारिक बैठक बसेको थियो ।

संसद् पुस्र्थापना भएपछि भने पहिलो पटक केन्द्रीय कमिटी बैठक बोलाइएको छ । ‘पार्टीको आगामी भूमिका कस्तो हुनेछ भन्नेबारे निर्णय लिन स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाइएको हो’, केन्द्रीय सदस्य ठाकुर गैरेले भने ।

यो समूहका नेताहरु नयाँ सरकार निर्माण र निर्वाचन आयोगमा पार्टी वैधानिकता दावीमा जोड दिदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment