
१७ फागुन, काठमाडौं । अवैध रुपमा ल्याएको भारतीय नोटसहित प्रहरीले सिरहाबाट एकजनालाई पक्राउ गरेको छ । २ हजार दरको ३ थान र ५ सय दरको ४ सय ८८ थान नोट गरी २ लाख ५० हजार भारतीय रुपैयाँको नोटसहित भारतको सहरसा ग्राम किसनपुर पञ्चायत-२ का ६० वर्षीय चतुरी यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
बीआर ०६ एएन ०३५७ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलको डिकीमा लुकाइ राखेको भारतीय रुपैयाँको नोट फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बरामद भारतीय रुपैयाँसहित यादवलाई आवश्यक कारवाहीकोलागि भन्सार कार्यालय सिरहा मार्डरमा बुझाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4