Comments Add Comment

एक निर्वाचन क्षेत्र एक सडकमा ढिलासुस्ती

१७ फागुन, गोरखा । पालुङटार नगरपालिकाको राधाकृष्ण मन्दिर–कालामाटा–पौवाटार–विरुवाटार–मिलनचोक–सलाङगिरी–हटिया–मझुवा सडक कालोपत्रेमा ढिलाइ भएको छ । गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रम अन्तर्गत सुरु भएको काम ठेकेदारको लापरवाहीले ढिलाइ भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

२०७८ असार १५ सम्ममा सक्नुपर्ने भएपनि हालसम्म १५ प्रतिशत मात्र काम भएको कार्यालयका प्रमुख दयाराम अधिकारीले बताए । दश किलोमिटर सडक कालोपत्रेका लागि २०७६ साल असार १६ मा अमर कन्स्ट्रक्सन प्रालिसँग २३ करोड ३८ लाख ८७ हजार रकममा ठेक्का सम्झौता भएको थियो ।

तर सुरुवात देखि नै ठेकेदारले लापरवाही गर्दै आएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । ‘काम चाडै नगरे मोविलाइजेसन रकम फिर्ता गर्छाै भनेर पटक पटक सचेत गराउदै पत्राचार पनि ग¥यौं तर बेवास्ता गर्‍यो,’ उनले भने, ‘अति भएपछि उसले लगेको मोविलाइजेसन रकम फिर्ता गराउन भनेर सम्बन्धित बैकलाई पत्राचार गरेका छौं ।’

अमर कन्स्ट्रक्सनले हालसम्म ४ करोड १३ लाख मोविलाइजेसन रकम लगेको उनले जानकारी दिए । ‘सानिमा विकास बैकबाट दुइ करोड ६ लाख र नेपाल बंगलादेश बैकबाट २ करोड ७ लाख मोविलाइजेसन खर्च भनेर लगेको रहेछ, काम नगरेपछि हामीले त्यो रकम फिर्ता गराउन भनेर दुवै बैंकलाई पत्राचार गरेका छौं,’ कार्यालय प्रमुख अधिकारीले भने ।

निर्माण कम्पनीका शिव चौलागाईंले कोरोना महामारी, लकडाउन र निर्माण सामग्री अभावका कारण केही ढिलाइ भएको बताए । तोकिएको समयमा काम नसकेपनि कोरोनाका कारण सरकारले थप गर्ने ६ महिना अवधि भित्रमा काम सक्ने उनले आश्वासन दिएका छन् ।

अन्य निर्वाचन क्षेत्रमा भने सडक स्तरोन्नतिको काम सन्तोषजनक रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्बर १ ‘क’ मा ढुङ्गागाडे–नाम्जुङ सडक कालोपत्रे र ‘ख’ मा बारपाक–लाप्राक सडक ग्राभेलको काम भइरहेको छ ।

ढुङ्गागाडे–नाम्जुङको १२ किलोमिटर सडक कालोपत्रेको काम ५५ प्रतिशत सकिएको कार्यालयका इन्जिनियर गणेश सुवेदीले बताए । उक्त सडक कालोपत्रेका लागि लामा कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता भएको हो । २०७८ साल कात्तिक ५ गतेभित्र काम सम्पन्न गनुपर्ने छ । यो सडकको लागत ३३ करोड ९१ लाख रुपैयाँ रहेको छ ।

बारपाक–लाप्राक सडक ग्राभेल गर्न २०७७ साल जेठ ९ गते एमएस शर्मा–बिकोइ जेभीसँग सम्झौता भएको छ । इन्जिनियर सुवेदीले भने, ‘दुई बर्षमा काम सक्नुपर्छ, दश प्रतिशत काम भइसक्यो ।’१३ किलोमिटर सडक ग्राभेल गर्न ३४ करोड १५ लाख रुपैयाँमा सम्झौता भएको छ ।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ मा ढोडेनी–सिम्जुङ–मल्ले भच्चेकसम्मको १४ किलोमिटर लामो सडक ग्राभेलको काम सन्तोषजनक रहेको इन्जिनियर सुवेदीले बताए । २०७८ कात्तिक २० गतेसम्म सक्नुपर्नेमा हालसम्म ५० प्रतिशत काम सकिएको उनले बताए । यो सडकका लागि २३ करोड ५१ लाख रुपैयाँमा विरुवा–नाना–गोरखा जेभीसँग सम्झौता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment