
१७ फागुन, काठमाडौं । मोरङको बेलबारी नगरपालिकामा एक व्यक्तिको हत्या मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ १२ गते बेलबारी नगरपालिका-५ का ४० वर्षीय चन्द्रकुमार राईको हत्यामा संलग्न भई फरार रहेका अभियुक्त ग्रामथान गाउँपालिका-४ मोतीपुरका ३८ वर्षीय ओमनारायण धामीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
भदौ १२ गते कसेनीको लोहन्द्रा पुलमा दुई समूहबीच सामान्य विवाद हुँदा खुकुरी प्रहारबाट गम्भीर घाइते भएका राईको विराट मेडिकल कलेज विराटनगरमा उपचारको क्रममा मृत्यु भएको थियो ।
उक्त घटनामा संलग्न रही हालसम्म फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले बुढीगंगा गाउँपालिका-२ बाइपासरोडबाट पक्राउ गरेको हो । धामीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4