 
																			१७ फागुन, काठमाडौं । लागूऔषध गाँजासहित प्रहरीले पर्साबाट एक महिलासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ गाउँपालिका-८ का सुकराम तामाङ र सोही ठाउँकी १९ वर्षीया अस्मिता तामाङ रहेका छन् ।
पर्सागढी नगरपालिका-९ स्थित बडेर्वाबाट एकटाँगातर्फ जाने कच्ची सडकमा शंकास्पद ढंगले पैदल हिँडिरहेको अवस्थामा उनीहरुको शरीर खानतलासी गर्दा प्लाष्टिकले बेरेको २-२ केजी गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । उनीहरूलाई आर्थिक प्रलोभन दिई मकवानपुरबाट पर्सागढी गाँजा ल्याउन लगाउने व्यक्तिको पहिचान भइसकेको र उनकाे खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4