+
+
Shares

हुण्डीको रकमसहित भारतीय नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १७ गते १९:०९

१७ फागुन, वीरगञ्ज । अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा वीरगञ्जबाट एकजना भारतीय नागरिक पक्राउ परेका छन् । भारत पूर्वी चम्पारण बिहार मोतिहारी जिल्ला सुगौली थाना बस्ने २५ वर्षीय सोनु साह पक्राउ परेका हुन् ।

भारतको रक्सौलबाट नेपालतर्फ बीआर २२ एआर ३६८६ नम्बरको मोटरसाइकल चढेर आइरहेको अवस्थामा वीरगञ्ज- १६ स्थित रजतजयन्ती चोकमा रोकेर चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रकमसहित उनी पक्राउ परेका हुन् । उनको साथबाट स्रोत खुल्न नसकेको नेपाली रुपैयाँ ३ लाख १२ हजार र भारतीय रूपैयाँ ५ हजार २ सय रुपैयाँ बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

उनीविरूद्ध बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ विपरीतको कसुरम पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य अगाडि बढाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?