+
+
Shares

विप्लव समूहका सर्लाही महोत्तरी इन्चार्ज पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १७ गते २१:१८

१७ फागुन, जनकपुरधाम । नेत्रबिक्रम चन्द विप्लव समुहको नेकपाका सर्लाही र महोत्तरी जिल्लाका इन्चार्ज सोमबार पक्राउ परेका छन् ।

महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ११ स्थित ताराचौरीबाट विप्लव समूहका सर्लाही र महोत्तरी इन्चार्ज कमलबहादुर सुस्लिङ मगरलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका ६ बस्ने मगरलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट शान्तिविरुद्धको कसुर मुद्दामा ७ दिनको म्याद थप गराई अन्य अनुस्न्धान गरिरहेको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?