+
+

प्रवीण बास्तोला मृत्यु प्रकरण : थप एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १८ गते ११:०८
प्रतिकात्मक तस्वीर

१८ फागुन, विराटनगर । मोरङको उर्लाबारी नगरपालिका-५ का ३१ वर्षीय प्रवीण बास्तोलाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीले १९ वर्षीय सुदीप परियारलाई पक्राउ गरेको हो ।

परियार हत्या आरोपमा मुद्दा दायर गरिएका ६ प्रतिवादीमध्ये एक हुन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेल नेतृत्वको टोलीले उनलाई मोरङको कानेपोखरी गाउँपालिका-७ रमाइलोबाट सोमबार राति पक्राउ गरेको हो । उनलाई सरकारी वकिल कार्यालयमार्फत आज (मङ्गलबार) नै अदालतमा पेस गर्ने तयारी छ ।

मृत्यु प्रकरणमा जोडिएका उर्लाबारी नगरपालिका-६ का ६० वर्षीय रमेश गिरीलाई जिल्ला अदालत मोरङका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले सोमबार एक लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो । गिरी आइतबार साँझ पक्राउ परेका थिए ।

यसअघि पक्राउ परेका मोरङको रतुवामाई नगरपालिका-१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जीलाई पुर्पक्षका लागि थुनामा र उर्लाबारी-९ का ३४ वर्षीय कुमार राईलाई तीन लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।

मुद्दामा प्रतिवादी बनाइएकामध्ये चार जना पक्राउ परिसकेका छन् । उर्लाबारीका राजेश रणपहेली र झापा बैगुनधुराका ३१ वर्षीय दीपेश पौडेल फरार छन् । फरार भएकाहरुको खोजी तीव्र पारिएको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?