 
																			१८ फागुन, काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६० ग्राम अवैध सुनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त परिमाणको सुनको ३ थान बाला र २ थान औंठीसहित स्याङ्जा चापाकोट नगरपालिका-६ घर भएका ४२ वर्षीय नगेन्द्रकुमार राना सोमबार राति पक्राउ परेका हुन् ।
हिमालय एयरलाइन्सको विमानबाट साउदी अरेबियाको रियादबाट आएका रानालाई जाँच गर्दा अवैध रुपमा ल्याएको उक्त परिमाणको सुनका गहना विमानस्थल पार्किङ एरियाबाट फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
रानालाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइने अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4