+
+
Shares

ताप्लेजुङका आगलागी पीडितलाई सक्दो सहयोग गर्छु : योगेश भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १८ गते १५:५४

१८ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले ताप्लेजुङको दोभान बजारमा भएको आगलागीबाट भएको भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

मंगलबार विज्ञप्ति जारी गर्दै ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका भट्टराईले मेरिङदेन गाउँपालिका-३ दोभान बजारमा भएको आगलागीबाट ठूलो भौतिक क्षति भएकोप्रति दुःख व्यक्त गरेका हुन् । उनले आगलागी पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउन र दीर्घकालीन पुनस्र्थापनाका लागि सहयोग उपलब्ध गराउन सरकारसँग मागसमेत गरेका छन् ।

पीडितहरुलाई राहत तथा पुनस्र्थापनाका लागि आफ्नो तर्फबाट पनि सक्दो पहल गर्ने भट्टराईले प्रतिवद्धता जनाएका छन् ।
जुङको मेरिङदेन गाउँपालिका–३ मा मंगलबार भएको आगलागीबाट ४९ वटा घर जलेर नष्ट भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?