Comments Add Comment

नाबालक छोराको हत्या आरोपमा एक व्यक्ति पक्राउ

प्रतीकात्मक तस्वीर

१८ फागुन, बैतडी । आफ्नै नाबालक छोरोको हत्या गरेको आरोपमा बैतडीबाट एक व्यक्ति पक्राउ परेका छन् ।

तीन महिनाको नाबालक छोरा लक्ष्मण चन्दको हत्या गरेको अभियोगमा पञ्चेश्वर गाउँपालिका-५ खनाडी बस्ने ४० वर्षीय राजबहादुर चन्द मंगलबार पक्राउ परेका हुन् ।

राजबहादुरले नाबालक छोरालाई लछार पछार गरी कुटपिट गर्दा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

राजबहादुरले आफ्नो ७० वर्षीय बुबा मन्धिर चन्दलाई समेत कुटपिट गरेका छन् । छोराको कुटाइबाट घाइते भएका बुबा मन्धिरको स्थानीय मेडिकलमा उपचार भइरहेको र राजबहादुरलाई पक्राउ गरी घटनाबार आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment