
१८ फागुन, विराटनगर । माटोको ढिस्कोले पुरिएर मोरङमा एकजनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मंगलबार दिउँसो ढिस्कोले पुरिएर भारतको दरभङ्गा घर भएकी २० वर्षीया वन्सुबिया यादवको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार मृतक युवती केही दिनअघि सुनवर्षी नगरपालिका–४ गान्धीआश्रमस्थित मामाघर आएकी थिइन् ।
गाउँका तीन-चार जनासँग मिलेर उनीहरु सुनवर्षी नगरपालिका-१ कालाबञ्जारस्थित डाँस खोलाको बगरमा रहेको खाल्डोभित्र माटो खन्न पुगेका थिए । माटो खन्ने क्रममा खसेको ढिस्कोले उनलाई पुरेको हाे ।
माटोले पुरिएर सुनवर्षी-४ की ९ वर्षीय बालिका मनिका यादव र ५५ वर्षीया महिला झोलिया यादव घाइते भएका छन् । दुवैको रङ्गेली अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4