
१८ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार १ सय २७ जनाको नमुना परीक्षण गर्दा ३३ महिला र ४५ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोराना संक्रमितको संख्या २ लाख ७४ हजार २९४ पुगेको छ । उनीहरुमध्ये हालसम्म २ हजार ७७७ जनाको मृत्यु भएको छ । मंगलबार कोही पनि संक्रमितको मृत्यु भएको छैन ।
यस्तै थप ७२ जना निको भएसँगै हालसम्म २ लाख ७० हजार ५४३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ९७४ रहेको मन्त्रालयले जनाएको छ ।
देशभरका प्रयोगशालामा हालसम्म २१ लाख ७० हजार ११२ नमुनाको पीसीआर परीक्षण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4