+
+
Shares

म राजीनामा पत्र लेख्दिन : प्रधानमन्त्री ओली

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १६ गते २१:०८

१६ फागुन, काठमाडौं । संसद विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै बदर गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले किन राजीनामा दिएनन् ? धेरैको प्रश्न छ ।

तर प्रधानमन्त्री ओलीले आफूलाई सर्वोच्च प्रधानमन्त्रीबाट राजीनामा देउ नभनेको बताए । हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’मा उनले आफूमाथि नैतिक प्रश्न छ भन्ने पनि नरहेको जिकिर छ ।

सर्वोच्चको फैसलाले संवैधानिक हार त भयो नि भन्ने प्रश्नमा उनले प्रतिप्रश्न गरे, ‘के मा हरायो ? राजीनामा देउ भन्यो ? अदालतले यस्तो अवस्थामा राजीनामा दिनुपर्छ भन्यो ?’

आफूले राजीनामा दिए सर्वोच्च अदालतको फैसलाले अस्थिरता निम्त्याएको देखिनजे उनको दाबी छ ।

प्रतिनिधिसभा (संसद) विघटन गरेर गल्ती गरेछु भन्ने लाग्या छ ? भन्ने प्रश्नमा ओली समूहका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘मैले गरेको निर्णयले यो स्थिति होइन, देश चुनावतिर जान्थ्यो । समस्याको समाधान हुनेतिर जान्थ्यो ।’

‘राजीनामा पत्र खल्तीमै छ ? भन्ने प्रश्नमा प्रधानमन्त्री ओली ‘राजीनामा अं भन्दै केहीबेर रोकिए । उनले अघि भने, ‘पत्र चाहीँ म लेख्दिनँ । मैले लेख्नुपर्ने अवस्था होइन, छैन ।’

आफूले आवश्यक परे विश्वासको मत लिने लगायतका बाटो समाउन सक्ने प्रधानमन्त्री ओलीले बताए । ‘…मैले अरु बाटा समाउनसक्छु । आवश्यक परे विश्वासको मत लिन सक्छु । विश्वासको मतमा मलाई हराउन पर्यो नि’ ओलीले भने, ‘विश्वासको मत पनि लिइन भने अर्को पनि मेरो बाटो हुनसक्छ ।’

‘संकटकाल लगाउनुहुन्छ ?’ भनेर प्रश्नमा प्रधानमन्त्री ओलीले हाँस्दै भने, ‘अर्को पनि बाटो छ, अविश्वासको प्रस्ताव पारित गरेर मलाई हटाउने संसदीय र संवैधानिक बाटो छ ।’ अहिले पनि आफू संसदमा ६४ प्रतिशतको प्रधानमन्त्री भएको भन्दै उनले अविश्वास प्रस्ताव पारित गरेर देखाउन चुनौती दिए ।

कांग्रेस र जसपाको साथ पाउने दाबी

२३ गते संसद बैठक बस्ने र अविश्वासको प्रस्ताव आए त्यसलाई पराजित गर्ने दाबी गरे । त्यसका लागि कांग्रेस र जसपाको साथ पाउने प्रधानमन्त्री ओलीको दाबी छ । उनले भने, ‘कांग्रेस र मधेसवादी दलले राजनीति गरेको, पार्टी खोलेको कुनै अमुक महत्वकांक्षी व्यक्तिलाई प्रधानमन्त्री बनाउन हो ?’

कांग्रेस सभापति शेरबहादुर देउवासँग राम्रो मित्रता छ नि भन्ने प्रश्नमा उनले लोकतन्त्रका लागि लड्ने आफूहरुको पुरानै समझदारी रहेको दाबी गरे । यद्यपि पछिल्लो सन्दर्भमा भने कुनै सहमति नभएको ओलीको प्रष्टीकरण छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?