
फाइल तस्वीर
१८ फागुन, सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-७ सिसौली घाटस्थित कोसी नदीमा बगिरहेका एक व्यक्तिलाई सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ ।
मोरङको कानेपोखरी गाँउपालिका-४ बस्ने ४० वर्षीय दुर्गा माझीलाई एपीएफ टोलीले मंगलबार सकुशल उद्धार गरेको हो । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण सुनसरीबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोलीसहित खटिएको टोलीले उनको तत्कालै उद्धार गरेको हो ।
कोसी पूजाको लागि कोसी नदीमा पौडिएर सो घाटमा जाने क्रममा उनलाई नदीले बगाएको थियो ।
ड्यूटीमा परिचालित एपीएफ टोलीले उनलाई बगेको देख्नेवित्तिकै घाट भन्दा करीब पाँच सय मिटर तलबाट उनको सकुशल उद्धार गर्न सफल भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4