Comments Add Comment

सर्वोच्चकाे फैसलाले प्रचण्ड-माधव पक्ष संकटमा : महेश बस्नेत

१८ फागुन, काठमाडौं । नेकपा ओली समूहका नेता महेश बस्नेतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले प्रचण्ड-माधव पक्ष संकटमा परेको जिकिर गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता बस्नेतले सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्यूत गर्न चाहने प्रचण्ड-माधव पक्ष नै संकटमा परेको जिकिर गरेका हुन् । ‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई संकट हुन्छ भनेर अनुमान गरिएको फैसलाले संकट उहाँलाई होइन, उहाँलाई पदच्यूत गर्न चाहने प्रचण्ड कमरेड र माधव कमरेडहरुको टिमलाई परेको म देख्छु,’ उनले भने, ‘किनभने उहाँहरुसँग फ्रन्ट गियर भन्दापनि ब्याक गियर लगाउनुपर्ने स्थिति छ । अब भोलिका दिनमा परिस्थिति उहाँहरुको निमित्त झन् असहजतातर्फ गइरहेको छ ।’

नेता बस्नेतले नेपाली कांग्रेस आफ्नो आन्तरिक कारण सत्ताको खेलमा नलाग्ने स्थिति भएकाले वर्तमान सरकारलाई हटाउने कुरा निकै चुनौतीपूर्ण हुने दाबी गरे । फागुन २३ गतेपछि सरकार परिवर्तन हुन्छ भन्ने अनुमान अनुमानमै सीमित हुने पनि उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment